भारतमा एकैदिन १५ सय संक्रमितको मृत्यु

काठमाडौं ।

भारतमा एकै दिन एक हजार पाँच सय कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार पाँच सय संक्रमित थपिँदा एक हजार पाँच सय एक जनाको मृत्यु भएको हो ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ७७ हजार एक सय ५० पुगेको छ । त्यसैगरी कोरोना भाइरसबाट अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड ४७ लाख ८८ हजार एक सय नौ पुगेको मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले पनि संक्रमितको अवस्थामै रहेकाको संख्या भने १८ लाख एक हजार तीन सय १६ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा एक लाख ३८ हजार चार सय २३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । योसँगै अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल संख्या एक करोड २८ लाख नौ हजार ६ सय ४३ पुगेको छ ।

भारतमा शनिबार मात्रै १५ लाख ६६ हजार ३९४ जनाको कोरोना परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सीलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार