नेपाल बेलायतको हवाई यात्राको रातो सूचीमा, पोर्चुगल माथिको प्रतिबन्ध हट्यो !

लिस्बन।

बेलायत सरकारले नेपाललाई कोरोना संक्रमणको आधारमा रातो सूचीमा राखेको छ।

पछिल्लो समयमा नेपालमा कोरोना संक्रमण तिब्र रुपमा बढेसंगै बेलायत सरकारले नेपाललाई रातो सुचिमा राख्दै हवाई प्रतिबन्ध लगाएको हो। नेपालका साथै बेलायत सरकारले टर्की र माल्दिभ्सलाई समेत रातो सुचिमा राखेको छ।

अर्कोतिर लामो समयदेखि बेलायतको रातो सूचीमा परेको पोर्चुगलमाथिको यात्रा प्रतिबन्ध १७ मे बाट हटाउने निर्णय बेलायत सरकारले गरको छ। पछिल्लो समयमा पोर्चुगल सरकारले कोरोना संक्रमण नियन्त्रणमा गरेको प्रगतिको आधारमा पोर्चुगल बेलायतको रातो सूचीबाट हटेको हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार