क्यानडा – अमेरिका सिमाना २१ जुलाईसम्म बन्द !

टोरोन्टो।

क्यानडाले २१ जुलाईसम्म अमेरिकासँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द राख्ने भएको छ।

शुक्रबार भने क्यानाडाली अधिकारीहरुले पूर्णरुपमा कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन भइरहेको भन्दै अहिल्यै सीमानाका नखोल्ने निर्णयमा पुगेको बताए।

योसँगै अमेरिकाको साथ अनावश्यक यात्राम प्रतिबन्धसमेत लागेको छ। सार्वजनिक सुरक्षा मन्त्री बिल ब्लेयरले यो कदम अमेरिकासँगको समन्वयमा चालिएको जानकारी दिए।

यस अगाडी गैर-आवश्यक यात्राका लागि क्यानाडा-अमेरिका सीमा खेल्नको लागि अमेरिकाले आग्रह गरिरहेको थियो। तर, हालसम्म २० प्रतिशतभन्दा कम क्यानेडालीहरूले पूर्ण खोप लगाएका छन्।

‘हामी अझै देश भर कोरोना संक्रमितहरुको अवस्था हेर्दैछौं। यसलाई तल ल्याउन चाहन्छौं,’ प्रधानमन्त्री जस्टिन ट्रूडोले भने।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार