अमेरिकाले विश्वका विभिन्न देशलाई थप ५५ मिलियन(५ करोड ५० लाख) डोज कोरोना खोप दिन घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ५५ मिलियन डोज खोप नेपालसहित विभिन्न देशलाई उपलब्ध गराउने घोषणा गरेका हुन्।
अमेरिकाले ५५ मिलियनको ७५ प्रतिशत अर्थात ४१ मिलियन डोज खोप कोभ्याक्स सुविधामार्फत वितरण गर्ने राष्ट्रपति कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
यसअघि जुन ३ मा एसियाका १६ देशलाई ७० लाख डोज खोप दिने घोषणा अमेरिकाले गरेको थियो। उक्त खोप यही महिनाभित्र पठाउने तयारी अमेरिकाले गरेको छ।
४१ मिलियन डोजमध्ये नेपालसहित एसियाका १८ देशले १६ मिलियन डोज खोप पाउँनेछन्। जसमा नेपालसहित, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्थान, माल्दिभ्स, भुटान, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्याण्ड, मलेसिया, लाओस, पपुवा न्यूगिनी, ताइवान, कम्बोडिया र प्यासिफिक आइसल्याण्ड रहेका छन्।
अमेरिकाले १४ मिलियन डोज खोप भने कोलम्बिया, अर्जेन्टिना, हाइटी, कोस्टारिका, पानामा, अफगानस्थान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, भियताम, इण्डोनेसिया, साउथ अफ्रिका लगायतका ३० देशलाई सिधै वितरण गर्नेछ।
तर यो सुविधामा नेपाल समेटिएको छैन।
अमेरिकाले ५०० मिलियन(५० करोड) फाइजर कम्पनीको खोप किनेर विभिन्न ९२ देशलाई दिने घोषणा गरेको थियो। गतसाता सम्पन्न जी–सेभेन बैठकमा बेलायत र अमेरिका लगायतका धनी देशले एक अर्ब डोज खोप वितरण गर्ने घोषणा गरेका थिए।
१४ मिलियनमा नेपालले कति डोज कहिलेसम्म पाउँछ ? भन्नेमा पाउने भन्नेमा यकिन भएको छैन। अमेरिकाले अर्को घोषणामा डोज र मितिबारे जानकारी दिनेछ।

















