सम्झना अधिकारी, पोर्तुगल।
आन्ध्रमहासागरबाट पोर्तुगल छिरेको लेस्ली आँधीले गर्दा पोर्तुगलमा हालसम्म १५,००० भन्दा बढी घरहरु बिधुतविहिन भएका छन्। यो संख्या अझै बढ्ने र स्थिती नाजुकसम्म हुनसक्ने इन्धन सप्लाई गर्ने प्रमुख कम्पनी एडिपीले जनाएको छ।

एडिपी इनर्जीका संचार डाइरेक्टरले भने ” हामी तथ्याँक प्रत्येक १० – १० मिनेटमा अपडेट गर्दैछौ। हालसम्म १५,००० भन्दा बढी घरहरु बिधुत र इन्धनबाट बन्चित भईसकेका छन् भने यो संख्या निकै बढ्ने र नाजुक हुनसक्ने अनुमान छ। तुरुन्तै बिधुत र इनर्जी सप्लाई गर्न हामी लागिपरेका छौ तर स्थिति हाम्रो नियन्त्रणभन्दा बाहिर छ। ”
बिधुत र इनर्जीबाट बन्चित हुन प्रभावित हुने मुख्य स्थानहरु पोम्बाल, मरिन्हा ग्रान्दे र लिरिया रहेका छन् भने लिस्बोनको स्थिती सामान्य छ ।
















