राजधानीको ओमबहालकी ३ वर्षीया तृष्णा शाक्यलाई कुमारी देवीका रुपमा प्रतिस्थापन गर्न बिहीबार कुमारीघर लग्दै उनका बुवा। तस्बिर: नारायण महर्जन/सेतोपाटी वरिपरि बाजागाजासहित रमझम हुँदा सुशीला शाक्यको गहभरि आँसु थियो। न उनी दिल खोलेर हाँस्न सकेकी थिइन् न त धक फुकाएर रुनै सकेकी थिइन्। बिहीबार बिहान १० बजेसम्म जुन कुमा...





