२९ चैत, रेसुङ्गा (गुल्मी) । ऐतिहासिक तपोभूमिका रुपमा परिचित गुल्मी जिल्लास्थित रेसुङ्गा यहाँको आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्ने देखिएको छ । गुल्मी जिल्लाको सदरमुकाम तम्घासको शिरमा अवस्थित यो स्थल सदरमुकाम र आसपासको खानेपानीको मुख्य स्रोत हो भने ३१ प्रजातिका जडीबुटी, विशेष प्रकारका ३० थरी रुख तथा वनस्पति, १५ प्...





