जसरी पहिले शून्य जन्मिनुपर्छ
एक जन्मिनुपूर्ब
त्यसैगरी दस ,सय , हजारादी पूर्बपनि
अँझ क्रमशः शून्यहरू जन्मिदै जानूपर्छ ।
………………
शून्य नै जन्मिएथ्यो -पृथ्वी जन्मिनूपूर्ब
अँझ शून्य नै जन्मियो पृथ्वी ।
जीवन जन्मिनुपूर्ब फेरि ,
अर्को शून्य जन्मिएथ्यो शून्य पृथ्वीमाथी ।
……………..
यस्तो लाग्छ-केवल शून्य जन्माईरहेछन्
यी सम्पूर्ण ठूलासाना शून्यहरूले
थोरै फरक- जीवन जन्माउने शून्य रहेछ
किनकी , जीवनले सर्बाधिक शून्य जन्माएको छ ।
……………..
यहि जीवनले त जन्माएको हो
दस , सय , हजार , लाख , करोड …
यतिमात्र होईन जीवनको सिर्जना ,
शून्य पृथ्वीमाथी अनगिन्ती शून्यहरू यस्कै देन त हुन ।
……………
मँ देख्दछुँ , आ आफ्ना शून्य गनिरहेका मान्छे
र हाँसिदिन्छुँ उनिहरूले गिन्ती भुलिरहँदा ।
हाँसो त गणित र बिज्ञान देखि नि लाग्छ
किनकी , यिनले कयौं शून्यका हिसाब गर्छन् ,
तर एक शाश्वत “शून्य” को गर्दैनन् ।
…………
पर्ख! जीवन
एकछिन तिम्रा शून्यहरूको गिन्ती बन्द गर
शून्यताको गर्भमा हुर्किंदै गरेको शून्य जन्मिदैछ
उसैले जन्माउँनेछ फेरि यौटै विशाल शून्य ।
अवि अजनबी
कलाकुन्ज , कैलाली ।
०९ भदौ २०७४.















