नेपाल फरक भौगोलिक र सांस्कृतिक विविधता एकै ठाउँमा पाइने देश हो । यहाँ मुटु काम्ने हिमाली क्षेत्रदेखि पसिनाले निथ्रुक्क भइने भावर क्षेत्रसम्मको फरक भूबनौट पाइन्छ । माथिल्लो डोल्पाको द्यो तराप गाउँ यस्तै विरलाकोटिको भूगोल हो । भरतबन्धु थापा यो ठाउँ किन पनि विशेष छ भने, नेपालको सबैभन्दा उच्च स्थानमा रहेको मानव...





