मेरो देश सफा र हसिलो मुहारले स्वागत गर्ने बन्नेछ – सोनाम लामा करीब करीब १९८० डिसेम्बरको जस्तो लाग्छ म पहिलो पटक यही विमानस्थलबाट परको देशको यात्रा शुरु गरेको । पहिलो पटक विदेश जाँदा त यो विमानस्थल पनि कति राम्रो, कति सफा लागेको थियो । मुस्ताङ्गबाट आएको म ठीटोलाइ । त्यो यात्रा तेतीखेरको रोयल नेपाल एरलाइन्सबाट न...





