तीन साताकी शिशुले जितिन् कोरोनाविरुद्धको लडाइँ

काठमाडौं । स्कटल्याण्डकी ट्रेसी मेग्वायर त्यो पल याद गर्छिन्, जहाँ डाक्टरले आफ्नो तीन साताकी छोरीको नाकमा कोरोना भाइरस परीक्षणका लागि स्वाब हाल्दै गरेको देखेकी थिइन् । यो उनका लागि निकै कठिन दृश्य थियो । उनी भन्छिन्, ‘यो पहिलो पटक थियो कि मैले मेरो बच्चाको आँखामा आँसु देखेकी थिए । म पनि रोइरहेको थिएँ । सायद ...

‘कोविड १९’ को खोप सबैका लागि उपलब्ध हुनुपर्छ : महासचिव गुटर्रेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस ‘कोविड १९’ को खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताएका छन् । उहाँले शुक्रबार ट्वीट गर्दै भन्नुभएको छ, यो कुनै एक देश वा क्षेत्र विशेषका लागि होइन कि संसारमा सबै मानिसले उति नै दुःख पाएकोले यो खोप विश्वका सबै देशका लागि सुलभ हुनुपर्दछ । ...

शव व्यवस्थापन गर्ने ठाउँ नभएपछि सामूहिक चिहान

एजेन्सी। दक्षिण र मध्य अमेरिकामा, कोरोना भाइरसको कारण, सङ्कट अझ गम्भीर हुँदै गइरहेको छ। ब्राजिलको सार्वजनिक स्वास्थ्य प्रणाली पतनको कगारमा छ। अब ब्राजिलको मानौस सहरका अधिकारीहरूले भनेका छन् कि चिहानमा सामूहिक चिहानहरूको अवस्था सिर्जना गरिएको छ। कब्र खन्नेहरूले एक दिनमा १०० शवहरू गाड्नु परिरहेको छ। कोरो...

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

एजेन्सी । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजारभन्दा बढीको संक्रमणबाट मृत्यु भएको पुष्टि भएसँगै मर्नेको संख्या ५० हजार नाघेको हो । जोन्स हपकिन्स विश्वविद्यालयको रेकर्डअनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार बढीको मृत्यु भएको थियो । योसहित त्यहाँ...

लकडाउन अन्त्य गर्ने तयारीमा युरोप

एजेन्सी । युरोपियन मुलुक चेक रिपब्लिकले शुक्रबारदेखि जनतामाथि लगाएको प्रतिबन्ध हटाएको छ । चेक स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारदेखि १० जनाभन्दा बढी व्यक्तिहरुको समूह जमघट गर्न पाउनेछन् । उक्त संख्यामा मानिसहरु हिँडडुल पनि गर्न सक्ने छन् । त्यहाँ १६ मार्चदेखि लकडाउन सुरु भएको थियो । आगामी सोमबारदेखि त्य...

चीनलाई सफलता : कोरोनाविरुद्धको खोप बाँदरमा सफल, मान्छेमा परीक्षण जारी

काठमाडौं । विश्वव्यापी त्रास सृजना गरेको प्राणघात कोरोनाभाइरस (कोभिड १९)विरुद्धको खोप बाँदरमा सफल भएको छ । चीनको सिनोभ्याक बायोटेक कम्पनीले बनाएको खोपले बाँदरलाई कोरोनाभाइरसबाट बचाएसँगै यसको परीक्षण सफल भएको दाबी गरिएको छ । अनुसन्धानकर्ताहरुले एक बढी डोज र अर्काे कम डोजको खोपहरु ८ वटा बाँदरमा प्रयोग गरेक...

ग्रिनकार्ड राेक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थायी आवासको स्वीकृति अर्थात ग्रिन कार्डसम्बन्धी काम तत्कालका लागि रोक्ने सम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन् । विभिन्न छुटसहितको निर्देशन अनुसार ग्रिन कार्ड सम्बन्धी गतिविधि ६० दिनका लागि स्थगित भएको छ । तर ट्रम्पले यो अवधी बढ्न सक्ने बताएका छन् ...

कोरोना महामारी लामो समयसम्म रहने विश्व स्वास्थ्य सङ्गठनका प्रमुखको चेतावनी

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरसविरुद्ध जारी सङ्घर्षमा सन्तुष्ट हुने अवस्था नभएको भन्दै कोभिड-१९ लामो समयसम्म रहने बताएका छन्। महानिर्देशक डा. टेड्रोस एढानोम गेहब्रेयससले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड-१९ बढ्ने क्रममा रहेको भन्दै चेतावनी दिएका छन्। उनले लकड...

कोरोना संक्रमित आमाले जन्माइन स्वस्थ शिशु

कोलकाता | भारतको पश्चिम बंगालस्थित एक अस्पतालमा एकजना कोरोना संक्रमित आमाले स्वस्थ्य बच्चा जन्माएकी छिन् । उनी कोरोनाको संक्रमण भएपछि अस्पतालमा उपचाररत छिन् । उनले जन्माएको शिशुमा कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो । तर ती शिशुको परीक्षणबाट उनको रिपोर्ट नेगेटिभ आएको बताइेको छ ।पश्चिम बंगालको उलुबेरिय...

भारतकी राष्ट्रपति पत्नी सविता कोविन्द धमाधम मास्क सिउँदै

एजेन्सी । भारतका राष्ट्रपति रामनाथ कोविन्दकी पत्नी सविता कोविन्द मास्क सिउन थालेकी छिन् । उनले मुखमा लगाउने मास्क सिइरहेको तस्बिर समेत सार्वजनिक भएको छ । भारतीय समाचार एजेन्सी एएनआइका अनुसार प्रथम महिला सविता कोविन्दले राष्ट्रपति भवनको शक्ति हाटमा मास्क सिइरहेकी छिन् । कोभिड-१९ विरुद्धको लडाईंमा प्रयोग हुन...