नेपाली सेनाका अवकाशप्राप्त सहायकरथी यादव देउजा रुपन्देहीको सालझण्डीमा कमाण्डो तालीम सकेर फर्केका छोरा, उपसेनानी शौभाग्य देउजालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । बेलुकी ८ बजे मात्र भैरहवाबाट उडेको जहाज अवतरण भयो । तर, साथीहरूसँगै आएका शौभाग्यलाई देखेर यादव स्तब्ध बने । शौभाग्य राम्ररी हिँड्न सक्ने...





