- सविता श्रेष्ठ चितवन - धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १०, लैताककी सरिता चेपाङ २० वर्षकी भइन्। गाउँमा उनका उमेरका चेपाङ युवती सबैले बिहे गरिसके। उनीसँगै स्कुल पढ्ने ती साथीहरूले एसएलसी तहको अध्ययन पनि पूरा गरेनन्। तर सरिता गाउँमै पहिलोपटक आफ्नो समुदायबाट नर्सिङ पढाइ पूरा गर्न सफल भएकी छन्। यसै वर्ष नर...





