काठमाडौं । अफगानिस्तानको टोलो न्यूजकी प्रस्तोता बेहेस्ता अर्घान्डले तालिबानले अफगानिस्तान कब्जा गरेको केही दिनपछि तालिबानको अन्तर्वार्ता लिएकी थिइन् । अन्तर्वार्ता पछि उनले आफूलाई ज्यानको खतरा भएको महसुस गरेपछि अन्तर्वार्ताको केही दिनपछि अफगानिस्तान छोडेकी थिइन् । हाल उनी कुन देशमा छिन भन्ने उनले उल्लेख गरेक...





