काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीले २८७ मुद्दा हेरेकोदेखि कर्णालीमा एकीकृत बस्ती निर्माण हुनेसम्मका खबरलाई प्राथमिकताका साथ छापेका छन् । त्यस्तै, वाइडबडी घोटाला, त्रिवि दीक्षान्त समारोह र गुणस्तर विभागको सेवा प्रवाहलगायत विषयमा पनि आजका पत्रप...





