लिस्बन। अहिले हिउँद सकिएर न्यानो सिजन सुरू हुने बेला भएको छ। त्यसमाथि दिनदिनै मौसम र तापक्रम परिवर्तन भइरहेकाले धेरैलाई रुघाखोकी लागेको छ। कसैलाई ज्वरोसहित मर्की (फ्लु) पनि देखिएको छ। संसारभर कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला आफूलाई सामान्य रुघा लाग्दा पनि धरैलाई चिन्ता हुन्छ- कतै मलाई पनि कोरोना भाइरसक...





