के तपाईले आफ्ना बच्चाहरुसँग बोल्दा ख्याल गर्नुभएको छ ? यदि गर्नुभएको छैन भने अब उनीहरुसँग बोल्दा ख्याल गर्नुहोला । किनभने हालैको एउटा अनुसन्धानबाट आमाले बालबालिका सानो हुँदा प्रयोग गरेको शब्दको प्रभाव पाँच वर्षपछि बच्चाले अरुलाई बुझ्दछन् भन्ने कुरा पत्ता लागेको छ । यदि आमाले बालबालिका सानो हुँदा दिमागसँग सम्बन्धित श...





