तपाईंमध्ये कतिका श्रीमती गर्भावस्थामा होलान् । जुन दिनदेखि श्रीमतीमा गर्भ रह्यो भन्ने थाहा पाउनु भयो, फरक अनुभूति भयो नै होला । केही खुसी, कोही रोमाञ्चकता । खासगरी अहिले एक वा दुई सन्तानको योजना बनाइन्छ । पहिलो सन्तानको प्रतिक्षामा त अझ मन थप उथलपुथल हुने नै भयो । आफुलाई ‘बुबा’ भनेर सम्बोधन गरेर सुन्न कति आतुर हुँदो हो...





