मानसिक स्वास्थ्यका दृष्टिकोणले खेलको भुमिका महत्वपूर्ण हुन्छ । साथै व्यक्तिको शारीरिक, सामाजिक तथा आध्यात्मिक विकासमा समेत ठुलो सहयोग पुर्याउँछ । केटाकेटीहरूले त खेलकै माध्यमद्वरा आˆनो संवेग, इच्छा, सोचाई, भावना, असन्तुष्टि, कुण्ठाहरू, व्यक्त गरिरहेका हुन्छन् । व्यक्तिले आˆनो मनको गोप्य कुरा समते खेलको माध्...





