अनेसासद्वारा ह्यारी भण्डारीलाई शुभकामना व्यक्त !

न्युयोर्क। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले डा. ह्यारी भण्डारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । अमेरिकाको मेरिल्याण्ड राज्यको निर्वाचन क्षेत्र नम्बर ८ को राज्य विधायक सभा सदस्यका लागि हालै सम्पन्न निर्वाचनमा भण्डारी दोस्रो पटक निर्वाचित भएका हुन् । अनेसास मेरिल्याण्ड च्याप्टरक...

अध्यक्षसँग अनेसासका कुरामा प्राज्ञिक समितिको घोषणा

न्युयोर्क। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शुक्रवार साँझदेखि मासिक नयाँ कार्यक्रम शुरू गरेको छ । ' अध्यक्षसँग अनेसासका कुरा' नाम दिइएको उक्त कार्यक्रमको पहिलो अंकमा अष्ट्रेलिया महादेशमा रहेका अनेसासका पाँचवटा च्याप्टर प्रतिनिधिले सहभागिता जनाएका छन् । केन्द्रीय कार्यसमितिको परिकल्पनामा अध्यक्ष गोवर्द...

अनेसास साँस्कृतिक समिति संयोजकमा महेश्वर पन्त !

न्युयोर्क। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको साँस्कृतिक समिति संयोजकमा महेश्वर पन्तलाई मनोनित गरिएको छ । अनेसासको केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा कार्यसमितिको आइतवार बसेको बैठकले उक्त निर्णय गरेको हो । दुई वर्षे कार्यकाल भित्र समितिले साँस्कृतिक कार्यक्रम, सम्मेलन, र गोष्ठीको आयोजना गर्न...

अनेसास महिला समिति संयोजकमा सन्ध्या पहाडी

न्युयोर्क। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समिति संयोजकमा सन्ध्या पहाडीलाई मनोनित गरिएको छ । अनेसासको केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा कार्यसमितिको आइतवार बसेको बैठकले उक्त निर्णय गरेको हो । दुई वर्षे कार्यकाल भित्र समितिले महिला सम्मेलन, कृति प्रकाशन र साहित्यिक कार्यक्रम र...

अनेसास क्यालिफोर्निया च्याप्टरले मनायो मोतीजयन्ती !

भीओएन, अमेरिका। अनेसास क्यालिफोनिया च्याप्टरले भव्यताका साथ मोती जयन्ती मनाएको छ ।च्याप्टरकी अध्यक्ष गीता बजगाईॅको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरि कार्यक्रममा अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले र लेखिका भूषिता वाशिष...

अनेसास कविता महोत्सवका लागि ६७ कविता वाचन हुने !

राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीका अवसरमा अनेसासद्वारा आयोजना गरिने कविता महोत्सव- २०२२ कालागि प्राप्त ३१८ कविता मध्ये ६७ जना सर्जकको कविता वाचनका लागि छनोट भएका छन् । २४ सेप्टेम्वर , शनिवार अमेरिकी पूर्वीय समयानुसार विहानको ९ बजे अर्थात् २४ असोज, शनिवार साँझ नेपालको ६.४५ बजेदेखि जुमका माध्यममा हुने कार्यक्रममा...

मोतीरामको सम्झना अनेसास: कवितामा – बा

न्युयोर्क। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आइतवार १५७ औँ मोतीजयन्ती मनाएको छ । कार्यक्रममा मोतीराम भट्टको साहित्यिक योगदानको बारेमा चर्चा गरिनुका साथै बाबुको मुख हेर्ने कुशे औँसीको सन्दर्भका 'बा' विषयक सिर्जना वाचन पनि गरिएको थियो । साहित्यकार डा.बमबहादुर थापा जितालीले युवाकवि भट्टका बारेमा विचार रा...

अनेसास कविता महोत्सवका लागि कविता आह्वान

न्युयोर्क। राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीका अवसर पारेर अनेसासले 'कविता महोत्सव- २०२२' आयोजना गर्ने भएको छ । यो अनेसास कविता महोत्सवको दोस्रो संस्करण हो । आगामी सेप्टेम्वर २३ अर्थात् असोज ७ शुक्रवार कविता महोत्सव हुनेछ । महोत्सवमा सहभागी हुन चाहने प्रतियोगी सर्जकले सेप्टेम्वर ८ भित्र तोकिएको इमे...

अनेसास सिलगढी च्याप्टरको पदस्थापन कार्यक्रम सम्पन्न !

- कमला तामाङ। अन्तराष्ट्रिय नेपाली साहित्य समाज सिलगढी च्याप्टरको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । आइतवार पवित्र नगर चम्पससरी सिलगढीमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष लतिका जोशीले नव निर्वाचित अध्यक्ष डा. जीवन राणालाई पद हस्तान्तरण गरे । उनले अध्यक्ष राणालगायत सबै पदाधिकारिहरूलाई खादा र माला लग...

सम्झना भानुको , सम्मान पूजाको !

बोष्टन। अन्तराष्ट्रिय नेपाली साहित्य समाज बोष्टन च्याप्टरले शनिवार २०९ औँ भानुजयन्ती मनाएको छ । बोष्टनको एभरेट सहरको मट्टिखाना कक्षमा आयोजित साहित्यकारहरूको जमघटले भानुप्रति श्रद्धासुमन व्यक्त गर्नुका साथै साहित्यिक छलफल गरेको हो । कार्यक्रममा कवि लालगोपाल सुवेदीले भानुभक्तको बारेका चर्चा गरेका थिए । स...