सोलुखुम्बु / ‘असी पुगी बसी खाने’ बेला भयो भन्ने नेपाली उखानै छ । तर यो उखानले माप्यदूधकोशी गाउँपालिका काकुका ७९ वर्षीय बृद्ध पासाङ शेर्पालाई छोएन । उहाँ विगत ३३ वर्षदेखि निरन्तर नाम्चेभन्दा माथि सगरमाथा जाने बाटो निर्माणमा सक्रिय हुनुहुन्छ । गाला चाउरी परिसके, केश फुलिसक्यो, डाँडासमेत कुप्री प¥यो तर अझै जोस–जाँग...





