एकजना असाध्यै धनवान व्यापारी थियो, उसको घरमा धन आदिको कुनै किसिमको कमी हुँदैनथ्यो। तर ऊ सन्ततिसुखको अभावको पीडा भोग्दै थियो। यही नै साहूको चिन्ताको विषय थियो। ऊ पुत्रको कामना गर्दै प्रति सोमवारका दिन शिवजीको व्रत र पूजन गर्ने गर्दथ्यो र सायंकालमा शिव मन्दिरमा गएर शिवजीको श्री विग्रहअगाडि दियो बाल्ने गर्थ्यो। उसको यस भक...





