रहर, बाध्यता वा अवसरको खोजीमा परदेशीनुको कारण हरेक परदेशीनुमा फरक—फरक होला । मुख्य उद्देश्य प्राप्ति नै हो । कोही कसैले सोचे भन्दा धेरै प्राप्त गर्ला, कसैको सङ्घर्षमा नै बित्ला, कोही कालान्तर सम्म हराउलान् । कोही सक्रिय भई रहलान । आफू सफल भएपछि हरेक नेपालीको मनमा आफ्नो देश, आफ्नो जन्मथलो, खेले हुर्केका गाउँ, पढन ले...





