किन नबनुँ कुमारी आमा म ?

प्रेम गर्छ उ मलाई,  र प्रेम गर्नुको आभाष गराइरहन्छ, उ भन्छ "कल्पना गर्छु … कसैले धोकादियो दुई जिउकि बनाएर तिमीलाई …  बिहे गर्छु तिमीलाई अरे, मेरो नाम दिन्छु तिम्रो बच्चालाई रे, कसरी हेर्न सकुँला तिम्रा अबैध सन्तान भाको, कसरी सुन्न सकुँला समाजले तिमीप्रती तेर्साएका प्रश्नहरु, कसरी सहन सकुँला तिमी अबला भएकी ? “ ...

आखिर कस्को हो यो देश ?

# कबि तिमिल्सिना शर्मा  आखिर कस्को हो यो देश ? भन न, कस्को हो यो देश ? तिम्रो भनौं भने तिमीलाई देशको भन्दा सत्ताको माया छ उसको भनुँ भने, उसलाई देशको ढुकुटी सँग सरोकार छ मेरो भनुँ भने, म कहाँ देशमा बस्न पाएको छु ? हाम्रो भनुँ भने, हामीले गाली सिबाय देशलाइ दिएका के छौं? बिदेशमा म खुब देश भक्त बन्दछु मेरो दे...

“खै”

#   सबी महर्जन खोट म मा मात्रै किन होला मायाको रेखा हात मैं छैन की धनसम्पतिभन्दाठूलो माया हुँदै हैन की सफा मन भाको कोहि कतै त भेट्छु होला नि मलाई निस्वार्थ माया गर्ने कुनै दिन त आउला नि!!! अस्ति एउटा आ'को थियो माया गर्छु भन्दै थियो मेरोलागिजूनतारा एकै पलमा झार्छु भन्थ्यो तिमीभनिमात्रैहेर मुटु चुँडेर दि...

जिन्दगी र युद्द

हरदिन समयसंग मेरो घमाशान युद्द चलिरहन्छ बिहानै आलरामले युद्दको उद्घोष गर्छ म स-शस्त्र तैनाथ भएर बख्तरबन्द गाडीमा सवार हुन्छु सुर्यास्त नहुन्जेलसम्म युद्द जारी रहन्छ कहिले समयको सेना पछाडी हट्छन त् कहिले म सैनिक बिहीन सेनापति सुर्यास्तसंगैको अँध्यारोले युद्द सकिएको संकेत गर्छ म समयसँग भोलिको धम्की दिंदै युद्द म...

लखेटिँदै – लखेटिँदै

एकधर्सो जनैका उपर – जुनदिन आफैलाई लखेट्न सुरू गरे , हजूरबाका हजूरबा हरूले । समयका चौडा निधारमाथी सायद लेखियो होला त्यही कालरात्रीमा छिद्रै छिद्रहरूको भाग्य ! कहिले नुनका निम्ति कहिले ऊनका निम्ति उत्तर ,दक्षिण काँधमाथी कलिला ढुकढुकी बोकेर लखेटिईरहँदा , बा का पिठ्युँमाथी पनि कम्ता बजाएन आफैले टेकेको घँङ्गारूको ...

एउटा प्रयास एउटा कविता

हो म खोज्दैछु म भित्रको कविलाई अनि कल्पिन्छु कल्पनाको एउटा संसार एउटा दुर बस्तीमा झरनाको छनछन संगै मागेर एउटा सुर सरसर चल्ने बताससंगै ताल मिलाई मगमग फुलेका फूलहरूसंग म एउटा गीत कोर्नेछु अनि अघि बढ्नेछु बस्तीका ती गल्ली भित्र जहाँ प्रेमिको स्पर्सले लजाएकी प्रेमिकाको झुकेका नजरसंग थोरै लाज मागेर मन्द मन्द मु...

डुलुँ मँ डाली-डाली काफलको देशमा

गजल डुलुँ मँ डाली-डाली काफलको देशमा , लैजा मलाई ए!हावा बादलको देशमा ।   बनेर मोर यूगल नाँचूँला छमछमी , स्वप्नील स्वर्ग श्वेत आँचलको देशमा ।   प्रेमील भाव छैन सुगन्धी आश छैन , कसरी प्राँण जगाउँ पागलको देशमा ।   खोजेर कोटि-कोटि भेटिन पूर्ण श्रृङ्गार , छुटेछ हार द...

एक युगमा गोबिन्दहरु,एकपटक जन्मिन्छन !

एक युगमा गोबिन्दहरु,एकपटक जन्मिन्छन। त्यही युगमा भ्रष्ट्राचारी,निर्दोष भै उम्किन्छन।   कस्तो देशमा जन्मे भन्दै बिलौना गर्छौ हामी, लुट्नेहरुले देश नै लुटे,बाँकी अझै झम्टिन्छन।   मान्छेको मृत्यु पनि कति सस्तो भयो देशमा महँगा भए यी अस्पताल,बरु मर्छु भन्दिन्छन।   आउ गोबिन्द हामी जन...

आकासे पुल

वल्लो गल्लिबाट पल्लो गल्लितिर वल्लो सडकबाट पल्लो सडक सम्म हिजो गाउँको झोलुंगे पुल  आज सडकमा आकासे पुल अनगिन्ति छन् अनौठा छन् हो, सजिलै आवत जावत गर्छन मान्छेहरू आजकल त्यैबाट हो, सहजै ओसार पसार हुन्छ तस्कर देखि लावा-लस्कर त्यैबाट साधु सन्त हत्यारा बलात्कारी जन्ति देखि मलामीसम्म जम्मै नहर र पा...

ओइ जिन्दगी !

ओइ जिन्दगी ! मानिस चेतनशिल प्राणी हो। तँ अज्ञानी झैं बनेर किन आफूलाई विभिन्न रुपमा परिभाषित गर्दैछस् ? हँ! थाहा छ मलाई तेरो पक्षपात तँ त चाहारा न होस् । उपल्लो तहकालाई काखी च्यापेरै तँ रातदिन तिनैको पछौटे भएर निरन्तर दौडीरहन्छ्स् । फर्केर हेर् ती निमुखाहरू तँलाई गुजार्न कयौंले बगरको त्यो तातो बालुव...