भूराजनीति र अन्तरराष्ट्रिय सम्बन्धको कुरा गर्दा आफ्नो विश्वदृष्टिकोण के हो भन्ने स्पष्ट हुनुपर्छ । अन्तरराष्ट्रिय दृष्टिकोण प्रष्ट भएन भने हामीले बनाएको आन्तरिक नीति फगत कल्पना मात्रै हुन्छ । आन्तरिक नीति संसारमा भएका दुई सयवटै देशबाट कतै न कतै प्रभावित भइरहेको हुन्छ । सामान्तयः के भनिन्छ भने वाह्य नीति भनेको आन्तरिक न...





