नेपाली समाजमा भनाई नै छ, ‘संगत गुनाको फल ।’ जस्तो संगत गरिन्छ, त्यस्तै भइन्छ । अर्को घतलाग्दो पंक्ति छ, ‘असल मान्छेको संगतले फाइदा गर्छ । हावा जब फूलबाट गुज्रन्छ, सुविासित हुन्छ ।’ जसको वा जस्ताको संगत गरियो आफू पनि त्यस्तै भइन्छ । यसका लागि सबैभन्दा पहिले असल संगतमा रहन सिक्नुपर्छ, अर्को कुरा आफ्ना लागि के शत...





