आलोटेनाङ्गो, ग्वाटेमाला । ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या बिहीबार बिहानसम्म ९९ पुगेको समाचार छ । बुधबार राति थप व्यक्तिहरुको शव प्राप्त भएपछि उक्त प्राकृतिक प्रकोपमा परी ज्यान जानेको सङ्ख्या ९९ पुगेको बिहीबार जानकारी दिइएको छ । यस प्रकोपको कारण अझै पनि करिब १९८ व्यक्ति व...





