सिरियामा एक महिनामा मात्रै ३ हजार नागरिक मारिए – गृहयुद्ध शुरुभएयता मृत्यु हुनेको संख्या ३ लाख ३० हजार नाघ्यो

बेरुत, असोज १५ (एएफपी)– सिरियामा गएको महिना अर्थात सेप्टेम्बरमा मात्र करिब ३ हजार जना नागरिकको ज्यान गएको छ । यसरी मारिनेमा सर्वसाधाराण नागरिकको संख्या नौै सय ५५ रहेको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आइतबार सो जानकारी दिएको हो । उक्त संस्थाले दिएको जानकारी अनुसार सिरियामा गएको पाँच वर्षभन्दा लामो समयदेखि जारी...

महिलाले सवारी चलाउने अनुमति पाए लगत्तै साउदीको एक विश्वविद्यालयले सवारी चालनसम्बन्धी स्कुल खोल्ने

  रियाद- साउदी अरेबियाको एक विश्वविद्यालयले महिला सवारी चालकका लागि सवारी चालनसम्बन्धी स्कुल ‘ड्राइभिङ स्कुल’ खोल्ने जनाएको छ। साउदी अरेबियाको सरकारले महिलालाई सवारी चालन अनुमति पत्र दिँदैनथ्यो । तर हालसालै सो सम्बन्धी अनुमति दिइएको छ। सरकारले दिएको सो अनुमतिपछि यहाँको प्रिन्सेस नउराह विश्वविद्यालयले उक्त स्क...

कंगोमा सैनिक विमान दुर्घटनाग्रस्त, कैयौँ सैनिक मारिएको आशङ्का( भिडियो सहित )

किन्सासा : कंगो राष्ट्रिय सेनाको कार्गाे बिमान शनिबार बिहान दुर्घटनामा परेको छ । सो विमानमा चालक दलका नौ जना सदस्य र केही सैनिक रहेको हुनसक्ने अनुमान गरिएको छ । उक्त विमान दुर्घटनाग्रस्त भएको स्थान पत्ता लागेकोले सो क्षेत्रमा अर्काे विमान जान लागेको छ । सेनाको सो जहाज कार्गाे लिएर गएको थियो । उक्त विमान राजधानी ...

एक सय १७ सैनिक अधिकारीहरुलाई पक्राउ आदेश

इस्तानबुल - टर्कीको एक अदालतले ११७ जना सैनिक अधिकारीलाईपक्राउ गर्न आदेश जारी गरेको छ । गत वर्ष भएको असफल ‘कू’ मा सम्बन्धित रहेको आरोपमा ती ११७ जना सैनिक अधिकारीलाई सो वारेन्ट जारी गरिएको बताइएको छ । टर्कीको ४५ वटा प्रान्तमा एकसाथ जारी गरेको कारबाहीका क्रममा सो वारेन्ट जारी गरिएको टर्की प्रहरीले जानकारी दिएको छ । टर्...

पोर्तुगलमा आप्रवासी आवास आवेदनमा १३०० प्रतिशतले वृद्धि – पहिलो हप्तामा नै ४ हजारबढी आवेदन दर्ता

पोर्चुगलमा आवास अनुमति खोज्ने विदेशीहरूको संख्या नयाँ कानूनकोकार्यान्वयन पछि आकाशिएको छ। अध्यागमन कार्यालय सेफ (SEF) का अनुसार, नयाँ कानुनको कार्यान्वयन भएको पहिलो हप्तामा नै आवास अनुमति लागि आवेदकनहारू १३०० प्रतिशतले वृद्धि भएको छ, जसमा रोजगारीका आधारमा पोर्तुगलको सरकारलाई तिरेको करको आधारमा आप्रवासीहरुलाई आवास...

अफगानिस्तानमा सुरक्षा कारबाहीमा ७४ तालिवान आतंककारीको मृत्यु – कम्तिमा २५ घाइते

अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा ७४ जना तालिवान आतंककारीको मृत्यु भएको छ । गएको २४ घण्टाभित्र गरिएको कारबाहीमा परी अन्य २५ जना घाइते भएका छन् । अफगानिस्तानाको सधैँ अशान्त भइरहने प्रान्तमा गरिएको कारबाहीमा ११ जना इस्लामिक स्टेट्स आइएस लडाकूसहित ७४ जनाको मृत्यु हुनुका साथै अन्य २५ जना घाइते भएको अफगान रक्षा मन...

हजारौ महिलासँग सम्बन्ध राखेका हेफ्नरले किन मर्लिन मुनरोकै नजिक समाधीस्थल रोजे?

२० औँ शताब्दीको एक सफल ब्राण्ड ‘प्लेब्वाइ’का संस्थापक ह्यु हेफ्नरको बिहीबार मृत्यु भयो। तर मृत्युपछि पनि उनको चर्चामा कुनै कमी आएको छैन। उनले चर्चित हलिउड अभिनेत्री मर्लिन मुनरोको चिहाननजिकै आफ्ना लागि स्थान सुरक्षित गरेका थिए, त्यो पनि अहिले होइन १९९२ मै। सो स्थान किन्न उनले त्यसबेला ७५ हजार डलर खर्चेका थिए। ...

छोरीलाई हार्वडमा छोड्दा यसरी रोएँ ओबामा

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नी छोरी मालियालाई कलेजमा छोड्न जाँदा मुटु चिरेजस्तो अनुभव भएको बताएका छन्। उनले आफूले आँशु थाम्न नसकेको पनि सुनाए। सोमबार डेलावेयरको विलमिङ्टनमा बाल सुरक्षासम्बन्धी एक संस्थाको कार्यक्रममा बोल्दै ओबामाले आफ्नो अनुभूति सुनाएका हुन्। ‘मैले मालियालाई कलेजमा छोडेँ। त्यसबेला म...

अमेरिकामा एक पूर्व बिद्यालय सहायकलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक सय बर्षको कैद

अमेरिकाको मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टी का एक बिद्यालयका पूर्व सहायकलाई यौन दुर्व्यवहार गरेको प्रकरणमा १ सय बर्षको कैद को सजाय सुनाईएको छ l २३ बर्षिय डिवन्ट क्यारावे नामक युवाले आफ्नो निजि सेलफोन (भ्रमण ध्वनि )मा बालबालिका का यौन कार्य गरेको भिडियो लिएको र अन्यलाई हिस्सा गरेको आरोपमा १ सय बर्ष को सजाय न्य...

अफगानिस्तानमा आत्मघाती आक्रमण – १२ सुरक्षा अधिकारीको मृत्यु, ४ गम्भीर घाइते

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा एक दर्जन सुरक्षा अधिकारीको मृत्यु भएको छ । अफगानिस्तानको राजधानी काबुलबाट करिब ४५० किलोमिटर दक्षिणमा पर्ने कान्दाहार प्रान्तको मारुफ जिल्लाको एक प्रहरी चौकीलाई लक्षित गरी भएको आतंककारी आक्रमणमा परी ती सुरक्षा अधिकारी मारिएका प्रहरी प्रव...