२२ व्यक्तिलाई कोरोना सारेको आरोपमा स्पेनमा एक पक्राउ !

बार्सिलोना । स्पेनमा २२ जना व्यक्तिलाई कोरोना संक्रमण सारेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । रुघाखोकी र ज्वरोले ग्रस्त ती व्यक्तिले पीसीआर परिक्षण गराई रिपोर्ट नआउँदै जीम हल र कार्यालय जाने गरेकोमा पछि उनको रिपोर्ट पोजिटिभ आएको थियो । काममा रहंदा ती पुरुषले अरुले लगाएको मास्क तान्दै कोरोना सार्छु भन...

भारतमा फेरि अक्सिजनको अभाव, अवस्था झन् गम्भीर बन्दै !

नयाँ दिल्ली । शुक्रबार बिहान भारतको राजधानी दिल्लीमा २५ परिवारले गंगाराम अस्पतालमा उपचार गराइरहेका आफन्त बिरामीले पर्याप्त अक्सिजन पाउन नसक्दा मृत्यु भएको समाचार पाए । अस्पतालका मेडिकल निर्देशकले अक्सिजनको चरम अभावका कारण गम्भीर अवस्थामा रहेका २५ बिरामीमा पर्याप्त अक्सिजन नपुगेको बताए । उनीहरूलाई उच्च चापमा...

भारतमा भयावह बन्दै कोरोना: संक्रमितलाई उपचार दिनै नसक्ने, अस्पतालहरु अक्सिजनविहीन

नयाँ दिल्ली । कोरोना संक्रमितको संख्या बढेसँगै भारतको नयाँ दिल्लीस्थित अस्पतालहरु विरामीलाई सेवा दिनै नसक्ने अवस्थामा पुग्दैछन् । दिल्लीका ६ वटा अस्पतालमा संक्रमितलाई उपचारका लागि अत्यावश्यक अक्सिजन सकिएको छ । मानिसहरु अक्सिजनको प्रतिक्षा गर्दागर्दै मृत्युको मुखमा पुगिरहेका छन् । चिकित्सकहरुले अन्य अस्पता...

कोरोना विशेष अस्पतालमा आगलागी, १३ को मृत्यु

मुम्बई । भारतको मुम्बईस्थित विजय वल्लभ कोरोना विशेष अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा १३ जना विरामीको मृत्यु भएको छ । विद्युत सर्ट हुँदा आज विहान साढे तीन बजेतिर आगलागी भएको बताइएको छ । आईसीयू वार्डमा १७ जना विरामीको उपचार भइरहेको थियो । अस्पतालका विरामीहरुलाई नजिकैको अन्य अस्पतालहरुमा पठाइएको छ । ...

अमेरिकाद्वारा आफ्ना नागरिकलाई अनुरोध – ‘खोप लगाउनेहरु पनि भारत नजानू’

न्युयोर्क। भारतमा दैनिक २ लाखभन्दा बढीको दरले कोरोना संक्रमितहरु थपिइरहेका कारण अमेरिकाले कोरोनाविरुद्धको खोप लगाएका आफ्ना नागरिकलाई पनि भारत नजान अनुरोध गरेको छ । कोरोनाको नयाँ रुप ‘डबल म्युटेन्ट भेरियन्ट’ का कारण धेरै संक्रमित बनिरहँदा अमेरिकाले आफ्ना नागरिकलाई कोरोना खोप लगाएता पनि तत्काल भारत भ्रमणका ल...

मंगलबार एप्पलले यी नयाँ उत्पादन घोषणा गर्ने !

न्युयोर्क। मंगलबार (अप्रिल २०) एप्पलले विभिन्न नयाँ उत्पादनहरू घोषणा गर्ने भएको छ। अमेरिका, क्यालिफोर्नियास्थित एप्पल पार्क क्याम्पसको स्टिभ जब्स थियटरमा हुने ‘स्प्रिङ लोडेड लन्च इभेन्ट’ मार्फत् एप्पलले आफ्ना उत्पादन घोषणा गर्ने द इन्डियन एक्सप्रेसले लेखेको छ। उक्त दिन एप्पलले नयाँ डिजाइनको आइम्याक्ससँगै आइ...

भारतमा एकैदिन १५ सय संक्रमितको मृत्यु

काठमाडौं । भारतमा एकै दिन एक हजार पाँच सय कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार पाँच सय संक्रमित थपिँदा एक हजार पाँच सय एक जनाको मृत्यु भएको हो । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ७७ हजार एक सय ५० पु...

अमेरिकाको इन्डियानापोलिस शहरमा अन्धाधुन्ध गोली प्रहार, ८ जनाको हत्या

न्युयोर्क । अमेरिकाको इन्डियानापोलिस शहरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी ८ जनाको हत्या गरेको छन् । सो शहरमा रहेको फेडेक्सको कार्यालय बाहिर ती व्यक्तिले सर्वसाधारणमाथि गोली प्रहार गरी हत्या गरेपछि आफैलाई गोली हानेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन् । ...

७३ वर्षीया वृद्धा शिक्षिकाले आफ्नो विवाहका लागि दुलाहा खोज्न विज्ञापन छपाइन् !

नयाँ दिल्ली । भारतको कर्नाटकी एक ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै विज्ञापन छपाएकी छन् । ७३ वर्षीया अवकाशप्राप्त शिक्षक महिलाले विवाहको विज्ञापन दिएकी हुन् । उनको विज्ञापनमा एक ६९ वर्षीय वृद्धले प्रतिक्रिया पनि दिएका छन् ।​ विज्ञापनमा उनले आफूभन्दा बढी उमेरका जीवनसाथीको कुरा गरेकी छन् । मह...

सोमालियामा बम विस्फोट: ५ को मृत्यु

लन्डन । सोमालियाको बाइडाओ शहरको एक रेस्टुराँ बाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा पाँच जनाको ज्यान गएको छ । शनिबार भएको आक्रमणमा अन्य ६ जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार, सुएज क्याफ्टेरियाको बाहिर रहेका बे क्षेत्रका गभर्नर अलि वारधरलाई लक्षित गरी आक्रमण भएको हो । विस्फोटबाट उहाँ भने सुरक्षित ...