बेलायतमा कोरोनाका कारण एक लाख बढीको मृत्यु !

काठमाडौं । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार एकै दिनमा एक हजार ६ सय ३१ जना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या एक लाख नाघेको हो । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख १६२ पुगेको बीबीसीले जनाएको छ । युरोपियन मुलुकमा मृतक संख्या एक लाख बढ...

बेलायती अदालतद्वारा शारीरिक सम्बन्ध राख्नु १ दिन अघि प्रहरीलाई खबर गर्न आदेश

लन्डन। बेलायतको एक अदालतले ३९ वर्षीय युवक डीन डायरमाथि शारीरिक सम्बन्ध राख्नुभन्दा २४ घण्टाअघि प्रहरी र सम्बन्ध राख्ने महिलालाई जानकारी दिन आदेश दिएको छ । साथै अदालतले अत्यावश्यक कामबाहेक डायरलाई महिलासँग बोल्न पनि प्रतिबन्ध लगाएको छ । डायरमाथि १४ वर्षीया बालिकासँग शारीरिक सम्बन्ध राख्ने कोसिस गरेको सहित अन्...

अस्पताल कोरोनाका बिरामीले भरिएपछि बेड खाली गर्न इन्जेक्सन दिएर बिरामी मारेको आशंकामा चिकित्सक पक्राउ !

लिस्बन। अस्पताल कोरोनाका बिरामीले भरिएपछि बेड खाली गर्न इन्जेक्सन दिएर बिरामी मारेको आशंकामा एक चिकित्सक पक्राउ परेका छन्। डाक्टर कार्लो मोस्कामाथि कोरोनाक बिरामीलाई बेहोस हुने लेथल औषधिको डोज दिएर मारेको अभियोग लागेको छ। ४७ बर्षीय इटालियन चिकित्सक कार्लोलाई अस्पतालको बेड खाली गर्न दुई जना कोरोना ...

अभिनेत्री जयश्री झुण्डिएको अवस्थामा भेटिइन् !

नयाँ दिल्ली । भारतको कन्नड ३० वर्षीया अभिनेत्री जयश्री रमैयाको शंकास्पद अवस्थामा शव भेटिएको छ । बैंगलुरुस्थित आफ्नै निवासमा उनको शव झुण्डिएको अवस्थामा फेला परेको हो । जयश्रीले आत्महत्या गरेको अनुमान गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । गतवर्ष जुलाइमा जयश्रीले आत्महत्या गर्ने कोसिस गरेकी थ...

भारतीय पत्रकार निधि राजदान साइबर ठगीको शिकार

- निधि राजदान सन् २०२० मा मैले ट्वीटरमार्फत घोषणा गरेँ- म अब एसोसिएट प्रोफेसरका रूपमा हार्वर्ड युनिभर्सिटीमा जानेछु । त्यसैले एनडीटीभीबाटै मैले आफ्नो २१ वर्षे पत्रकारिताबाट बिदा लिँदैछु । म पूर्णतः विश्वत थिएँ, यो मेरा लागि ठूलो अवसर हो । तर, आठ महिनापछि मेरो विश्वास चकनाचुर भयो । हार्वर्ड युनिभर्सिटीले मलाई लिन...

रेलमार्गमा टिकटक बनाउँदा रेलको ठक्करबाट एक युवाको मृत्यु

रावलपिन्डी । सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिडिरहेका एक युवाको रेलको ठक्करबाट मृत्यु भएको छ । पाकिस्तानको राजधानी शहर इस्लामाबादनजिकै रावलपिंडीमा शुक्रबार सो दुर्घटना भएको जनाइएको छ । रेलमार्ग टिकटकको अभिनय गर्न व्यस्त १८ बर्षीय हमजा नाभेदको उनको साथील...

भारतमा कोरोना खोप निर्माण गर्ने कम्पनीमा भीषण आगलागी

नयाँ दिल्ली। भारतको पुणेमा सीरम इन्स्टीट्यूट अफ इन्डियाको टर्मिनल १ को चौथो र पाचौं तल्लामा भीषण आगलागी भएको छ । अक्सफोर्ड-एस्ट्राजेनेकाको कोरोनाविरुद्धको भ्याक्सिन भारतमा निर्माण गर्ने कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको आजतकले जनाएको छ । यहि ल्याबमा टीभीबाट बचाउका लागि बीसीजीको खोप बनाउने...

भारतमा कोरोना खोप लगाएका ६ सय जनामा देखियो साइड इफेक्ट

एजेन्सी । १६ जनवरीमा खोप लगाउने काम सुरु भएयता भारतमा झन्डै ६ सय जनामा साइड इफेक्ट देखिएको छ । केही राज्यबाट खोप लगाएपछि मृत्यु भएको समाचार पनि बाहिरिएका छन् । यद्यपि, पोस्टमार्टम रिपोर्टले खोपकै कारण उनीहरुको मृत्यु नभएको देखाएको छ । यसबारे प्रतिक्रिया दिँदै भारतमा स्वास्थमन्त्री डाक्टर हर्षवर्धनले खोप प...

आफ्नो कार्यकाल सकिनैलाग्दा राष्ट्रपति ट्रम्पले दिए ७३ जनालाई सजाय माफ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ गरेका छन् । सजाय माफ गरिएकामा ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्यानन पनि छन् । ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति ट्रम्पले ७३ जनाको सजाय माफ गर्नुका साथै अरु ७० जनाको सजाय कटौती गर्नु भएको छ...

नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

–एएफपी कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदि...