बेलायतमा कोभिड संक्रमणदर अहिलेसम्मकै उच्च : एकैदिन १ लाख ८९ बढी संक्रमित थपिए !

लन्डन । बेलायतमा कोरोना भाइरस संक्रमण सुरु भएदेखिकै विहिबारसबैभन्दा धेरै संक्रमित भेटिएका छन् । बेलायतमा वितेको २४ घन्टायता मात्र कम्तीमा पनि १ लाख ८९ हजार २१३ जना संक्रमित भेटिएका हुन् । एकै दिनमा यहाँ यतिधेरै संक्रमितहरु भेटिएको यो पहिलो घटना हो । त्यस्तै विहिबार यहाँ कोरोनाका कारण ३३२ जनाको ज्यान गएको ...

बिमान उड्दा उड्दै कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि पाँच घण्टा शौचालयको वास !

लन्डन। एक अमेरिकी शिक्षिकाले उडानका बेला गरिएको परीक्षणमा आफूलाई कोभिड-१९ भएको पुष्टि भएपछि विमानको शौचालयमा पाँच घण्टा एक्लिएर बसेकी छिन् । डिसेम्बर २० का दिन शिकागोबाट आइसल्यान्डको रीकिभिक उडेकी मरिसा फोटियोले विमानभित्र घाँटी दुखेको बताइन्। उनका अनुसार उनले आफूसँग भएको तत्काल परीक्षण गर्ने किट प्रयोग...

काबुल ध्वस्त हुनबाट बचाउन चाहन्थे, त्यसैले म भागेँ : पूर्वराष्ट्रपति घानी

काठमाण्डाै। अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ घानीले आफूले देश छाेडेर जानुकाे कारणबारे बताउनुभएकाे छ । पूर्वराष्ट्रपति घानीले तालिबान यो वर्षको सुरुवातमा काबुल नजिकै आएपछि देश छोड्ने आफ्नो निर्णयको बचाउ गर्नुभएकाे हाे । उहाँले काबुल ध्वस्त हुनबाट बचाउन आफू देश छाेडेर भागेकाे दाबी गर्नुभएकाे छ । तालिबानले ग...

‘स्ट्यान्ड न्युज’ का सम्पादकसहित सात जना पक्राउ

काठमाण्डाै | हङकङ सरकारले 'स्ट्यान्ड न्युज' समाचार संस्थाका सम्पादकसहित सात जनालाई पक्राउ गरेको छ । समाचारमार्फत राज्यविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउँदै प्रहरीले स्वतन्त्र समाचार संस्थाका सम्पादक र पूर्वसम्पादकसहित कर्मचारीलाई पक्राउ गरेको बीबीसीले जनाएको छ । प्रकाशन गृहका पूर्व बोर्ड सदस्य तथ पप स्टार डिन...

युरोपभरि हालसम्मकै उच्च सङ्ख्यामा सङ्क्रमण

लन्डन। फ्रान्समा युरोपकै हालसम्मकै सर्वाधिक उच्च एक लाख ८० हजार नयाँ दैनिक कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ। युरोपका सबै देशले ओमिक्रोन भेरिअन्ट नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन् र इट्ली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड सबैमा कीर्तिमानी सङ्ख्यामा सङ्क्रमणहरू पुष्टि भएका छन्। क्रिसमसका कारण परीक्षणका परिण...

आज क्रिसमस डेः विश्वभर भव्यरुपमा मनाइँदै !

लण्डन । इसाई धर्मका संस्थापक प्रभु येशु ख्रीष्टको जन्मोत्सव आज विश्वभर भव्य रुपमा मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस डे पर्व मनाउने गरिन्छ । क्रिसमसका अवसरमा विश्वभरका देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना ...

अस्ट्रेलियामा ‘बाउन्सी क्यासल’ खेल्ने क्रममा ४ विद्यार्थीको ज्यान गयो, ५ जना घाइते !

सिड्नी। अस्ट्रेलियामा हावा भरिएको प्लास्टिककाे घरमा खेल्ने क्रममा चार जना विद्यार्थीको ज्यान गएको छ । तास्मानिया डोभोनपोर्ट सहरको एक प्राथमिक विद्यालयमा 'बाउन्सी क्यासल' भनिने हावा भरिएको प्लास्टिककाे घर एक्कासी हुरीले उडाएको थियो । हुरीले उडाएको बाउन्सी क्यासलबाट खसेर चार जना विद्यार्थीको ज्यान गएको र पा...

बेलायतमा ओमिक्रोनबाट पहिलो व्यक्तिको मृत्यु

लण्डन । बेलायतमा ओमिक्रोन भेरियन्टबाट कम्तीमा एक जनाको मृत्यु भएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार पुष्टि गरेका छन् । ओमिक्रोन भेरियन्टको कारण अस्पतालमा भर्नाहरुमा कम्तीमा एक बिरामीको मृत्यु भएको पुष्टि भएको छ,“ प्रधानमन्त्रीले पश्चिम लन्डनको प्याडिंगटनमा रहेको खोप क्लिनिकको भ्रमणको क्रममा भने ...

हङकङमा प्रजातन्त्र समर्थकलाई १३ महिनाको जेल सजाय

हङकङ | हङकङको एक अदालतले प्रजातन्त्रवादी कार्यकर्ता र व्यापारी लाई छि-यिङलाई सोमबार १३ महिनाको जेल सजाय सुनाएको छ। गत वर्ष थ्यानआन मन घटनाको स्मृतिमा आयोजना गरेको प्रदर्शनीमा भाग लिन आग्रह गरेको अभियोगमा उनलाई यस्तो सजाय सुनाइएको हो। चीनको अर्ध स्वायत्त हङकङमा भएको प्रदर्शनलाई नियन्त्रण गर्न कडा कारबाही भइर...

अस्ट्रेलियाले भाेलिदेखि विद्यार्थी र अस्थायी बसोबास अनुमति पाएका विदेशी नागरिकलाई प्रवेश दिने

सिड्नी। अस्ट्रेलियाले भोलि बुधवारदेखि विदेशी विद्यार्थी र अस्थायी बसोबासका लागि भिसा पाएका विदेशी नागरिकका लागि सीमा खुला गर्ने भएको छ । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनलले डिसेम्बर १५ तारिख अर्थात् भोलिदेखि सीमा खुला गर्ने जानकारी दिनुभएको बीबीसीले जनाएको छ । यसअघि अस्ट्रेलियाले विद्यार्थी र अस्थाय...