मुख गन्हाउने अधिकांश समस्या मुख, गिंजा र दाँतकै समस्याबाट सिर्जित हुन्छन् । १. हामीले खाएका खानेकुरालाई दाँतले टुक्रा–टुक्रा पार्छ, जिब्रोले पन्यूले जसरी चलाउँछ अनि र्यालले मुलायम बनएर निल्न सहयोग गर्छ । दाँतले त्यसरी खानेकुरालाई टुक्रा–टुक्रा पार्दा दाँतबीचको चेप–चेपमा गएर खानेकुरा अड्किन्छ र त्यसलाई स...





