उदयपुर- गाईघाट- उदयपुर सदरमुकाम गाईघाट बोक्सेमा अवस्थित नेपाल सरकारबाट सञ्चालित पुरानो आयुर्वेदिक अस्पताललाई आगामी दिनमा प्रभावकारी बनाएर लैजानका लागि थप चार वटा प्राकृतिक उपचार सेवा सञ्चालन गरिएको छ। वर्तमान अवस्थामा एलोपेथिक उपचारको प्रभाव बढ्दै गइरहेको र परम्परागत होमियोप्याथिक प्रविधिबाट सञ्चालित आयुर्वेदिक स...





