भारतले लिपुलेकमा सडक निर्माण गरेपछि अमेरिकामा रहेका नेपालीद्वारा सडकमा “गो ब्याक इण्डिया” को नारा ( फोटो फिचर )

काठमाडौं । नेपाली भूभाग लिपुलेकमा सडक निर्माण गरेको भन्दै अमेरिकामा रहेका नेपालीहरूले भारतविरुद्ध प्रदर्शन गरेका छन् । नेपालको झण्डा र प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरूले अमेरिकी राष्ट्रपति भवन अगाडि नाराबाजी गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले लिपुलेक नेपाली हो, गो ब्याक इण्डिया लगायतका न...

बेलायतमा “पार्क वाक” मा गएकी नेपाली वृद्धा बेपत्ता, खोजीमा सघाउन अपील

लण्डन । बेलायतको साउथ ईष्ट लण्डनको प्लमस्टिडमा बस्दै आएकी एक नेपाली वृद्धा आइतबार दिउँसोदेखि बेपत्ता भएकी छन् । साउथ ईष्ट लण्डनको प्लमस्टिड कमन पार्कमा हिड्न भन्दै आइतबार घरबाट निस्किएकी ६६ वर्षीया धनमाया थापा सोमबार बिहानसम्म घर नफर्केपछि र आफन्त र साथीभाईहरुलाई पनि सम्पर्क गर्दा केहि अत्तोपत्तो नलागेपछि उन...

लकडाउनमा सिड्नीबाट हरिशको ‘गो कोरोना गो’

सिड्नी। लकडाउनमा दर्शक श्रोतालाई मनोरन्जन प्रदान गर्ने हेतुले तयार पारिएको नयाँ र्‍याप गीत डिजिटल बजारमा सार्वजनिक भएको छ। दिपक आरजेको शब्द तथा संगीत र हरिश सिन्हाको स्वर रहेको गीतलाई रयाड्स स्टुडियोले अष्ट्रेलियाबाट प्रिमियर गरेको हो। कोरोना महामारीका बेला पनि समाजमा भइरहेको विसंगति, बिकृति, ...

कोरोनाका कारण अप्ठेरोमा परेकालाई ‘हेल्पिगं ह्यान्ड’ क्यानडाको सहयोग

टोरोन्टो। कोरोनाको महामारीबाट प्रभावित भएकालाई ‘हेल्पिङ ह्यान्ड’ क्यानाडाले सहयोग गरेको छ । उसले इमर्जेन्सी कोषमार्फत नगद सहयोग गरेको हो । कोरोना प्रभावितलाई समस्या नहोस् भन्दै संस्थाले एक महिना अघि ‘कोभिड–१९ इमर्जेन्सी कोष’ स्थापना गरेको थियो । कोषमा अमेरिका र क्यानाडामा बस्दै आएकाहरुबाट संस्थाले ५ हजार ५०...

लकडाउनमा नेपाल आउन नपाएपछि र परिवारका लागि खाद्यान्न जुटाउन नसकेपछि भारत एक नेपालीद्धारा झुण्डिएर आत्महत्या

गुजरात । लकडाउनका कारण परिवारको छाक टार्न नसकेपछि भारतको गुजरातमा एक जना नेपालीले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा अछाम बान्नीगढी गाउँपालिका जनावलीका शेरे हुडकेली रहेका छन् । उनी परिवारका ६ जना सदस्य सहित गुजरातको राजकोटमा बस्दै आएका थिए । लकडाउनका क्रममा मालिकले जागीरबाट निकालिदिएपछि बेखर्ची भएका ...

बेलायतमा कोरोना संक्रमितको उपचारमा संलग्न नेपाली नर्सको कथा -” त्यो रात एम्बुलेन्स नआएको भए म बाँच्ने थिएन “

लन्डन। लामो समय ‘आइसियू’ मै रहेर कोरोना भाइरस संक्रमण विरुद्ध कठिन संघर्ष गरे पश्चात बेलायतको ‘ईएसएचटी’ (इष्ट ससेक्स हेल्थ एनएचएस ट्रस्ट) मा कार्यरत नेपाली नर्स उमा प्रधानले कोरोना प्रतिको विजय प्राप्त गरेकी छिन् । २३ दिनसम्म ‘क्रिटिकल केयर’मा रहेर उपचार गराएकी उमाको स्वास्थ्यमा सुधार देखिन थालेपछि ‘क्रिटिकल केयर...

लकडाउनमा भारतको दिल्लीमा भोकभोकै बस्न बाध्य धनगढीका एक युवाको मृत्यु

नयाँ दिल्ली । भारतको दिल्लीमा कैलालीको धनगढी उपमहानगरपालिकाका एक जना युवकको खाना नपाएर मृत्यु भएको छ । तीन दिनदेखि भोक भोकै भएका कारण उनको मृत्यु भएको दिल्लीमा रहेका एक नेपाली अगुवाले बताए । उनको नाम रवी हो । उनको पुरा नाम र ठेगाना भने खुल्न सकेको छैन । दिल्लीको आजादपुरमा ट्रान्सपोर्ट सेन्टरमा राति भोकभ...

बंगलादेशमा रहेका नेपाली विद्यार्थीद्वारा ‘रिले अनसन’ बस्ने चेतावनी

काठमाडौं | बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुले नेपाल सरकारले स्वदेश फर्काउन पहल नगरेको भन्दै शुक्रबारदेखि रिले अनसन शुरु गर्ने चेतावनी दिएका छन् । बंगलादेशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि एक महिना अघिदेखि स्वदेश फर्काउन नेपाल सरकारलाई आग्रह गर्दै आएका थिए । विद्यार्थीहरुले आफूहरुको मागको सरकारले वेवा...

बेलायतमा बुद्ध जयन्तीमा अस्पतालका कर्मचारीहरुलाई खाना खुवाईयो : साँझ दीप प्रज्वलन

लण्डन। बुद्ध फाउन्डेसन यूकेले २५६४औं बुद्धजयन्तीको अबसरमा बिहिबार साउथ इस्ट लण्डनको क्विन एलिजाबेथ हस्पिटलमा खाना (लन्च ) दिएर सेवा गरेका छन् । फाउन्डेसनका अध्यक्ष दिपक श्रेष्ठ, महासचिब अर्जुन कटुवाल, सचिब सुरेन रुपाखेती , सक्रिय सदस्य जिबन सेन र स्थानीय समाजसेवी सुरज केसीले आफै हस्पिटलमा गएर फलफुल ,पानी सहित ख...

सिड्नीको रकडेलमा नेपाली युवती मृत फेला

सिड्नी । नेपालीहरुको सबैभन्दा बाक्लो बसोबास रहेको सिड्नीको रकडेल स्थित फ्रेड्रिक स्ट्रिटमा एक नेपाली युवती मृत फेला परेकी छिन्। आफ्ना श्रीमान संग बस्दै आएकी अन्दाजी २५ बर्षीया उनि बिहिबार दिउँसो ४ बजेको समयमा मृत अबस्थामा फेला परेकी हुन् । उनले मे २ मा गैर-आवासीय नेपाली संघ अष्ट्रेलिया संग कोरोनाभाइरस...