लण्डन । बेलायतमै सबैभन्दा धेरै नेपालीको बसोबास रहेको राश्मोर क्षेत्रका नेपालीको साझा संस्थाका रुपमा काम गर्दै आएको ग्रेटर रशमोर नेपाली कम्युनिटीको अध्यक्षमा जिव बेल्बासे चयन भएका छन् । शनिबार सम्पन्न कम्युनिटीको सातौँ अधिवेसनले बेल्बासेको अध्यक्षतामा सिंगो कार्यसमिति नै निर्बिरोध चयन गरेको हो । नया कार्यस...





