बेलायतले जुलाई १९ देखि कोरोना प्रतिबन्ध हटाउने !

लन्डन। बेलायतमा कोरोनाको डेल्टा उत्परिवरितका रुपहरुबाट हुने संक्रमण बढिरहेपनि जुलाई १९ बाट सबै स्वास्थ्य प्रतिबन्धहरु हटाउने घोषणा गरिएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्री जोनसनको घोषणा अनुसार मुखौटो (मास्क) अनिवार्यलाई हटाइने छ । सामाजिक दूरीको अन्त्य गर्नुक...

भारतीय अभिनेता दिलीप कुमारको ९८ बर्षको उमेरमा निधन

भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ। उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । सास फेर्न गाह्रो भएपछि उनलाई जुन ३० मा अस्पताल भर्ना गरिएको थियो। हालैका महिनाहरूमा उनको स्वास्थ्यस्थिति पटकपटक बिग्रिएको थियो। कुमारले सन् १९४४ मा ज्वारभाटा नामक च...

“मलाई जेल पठाउनु मृत्युदण्ड दिएजस्तै हो” – दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति ज्याकोब

केपटाउन: अदालतको अवहेलनामा दोषी ठहर भएका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले आफू जेल नजाने चेतावनी दिएका छन् । अदालतको अवहेलना मुद्दामा जुमालाई दोषी ठहर गर्दै अदालतले १५ महिनाको जेल सजाय सुनाएको थियो । तर जुमाले आफ्ना कागजात अदालतले हेर्न नचाहेको तर आफूलाई जेल पठाउन मात्रै चाहेको आरोप लगाएका छन् । ...

इन्डोनेसियामा कोरोना संक्रमण बढेसँगै अक्सिजन संकट

इन्डोनेसियामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै अस्पतालहरुमा अक्सिजनको अभाव देखिन थालेको छ । यससँगै सरकारले अक्सिजन उत्पादकहरुलाई अस्पतालको आवश्यकतालाई ध्यानमा राख्दै प्राथमिकतामा राख्न आग्रह गरेको छ । इन्डोनेसियाका अस्पतालहरुले अक्सिजनको क्षमताले नधान्ने अवस्था आइसकेको बताएका छन् । एक अस्पतालले अक्सिज...

किन एक्कासी कम्जोर र पातलो देखिए उत्तर कोरियाली शासक किम जोङ ?

-एजेन्सी उत्तर कोरियाली शासक किम जोङ उनको तौल लगातार कम भइरहेको समाचार सार्वजनिक भएको छ। किमको स्वास्थ्यलाई लिएर उत्तर कोरियाली नागरिकहरुले चिन्ता व्यक्त गरिरहेका छन्। पछिल्लो केही महिनामा किमको वजन अचानक कमी आएको र दुब्लो हुँदै गएको भन्दै उत्तर कोरियालीले विभिन्न प्रश्नहरु उठाइरहेका छन्। समाचार सं...

नेपाल सहित २४ राष्ट्र बेल्जियम सरकारको रातो सुचिमा, आगमनमा प्रतिबन्ध !

ब्रसेल्स। बेल्जियम सरकारले नेपाल सहित २४ राष्ट्रहरुलाई रातो सुचिमा राखेको छ। रातो सुचिमा रहेका यी राष्ट्रहरुबाट बेल्जियममा यात्रा गर्न प्रतिबन्ध पनि लगाईएको छ। कोरोना भाइरसको डेल्टा भेरीयन्टको संक्रमण उच्च भएका २४ राष्ट्रहरुबाट यात्रा गर्न बेल्जियम सरकारले प्रतिबन्ध लगाएको हो। रातो सुचिमा परेर प्रति...

एक चुम्बनले गयो बेलायती स्वास्थ्यमन्त्रीको पद ( भिडियो सहित )

लन्डन । कोरोना महामारी नियन्त्रण गर्न सरकारले नै तोकेका मापदण्ड विपरीत कार्य गरेका बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले पदबाट राजीनामा दिएका छन् । तीन बर्ष अघि स्वास्थ्यमन्त्री पदमा नियुक्त भएका उनले सरकारले तोको मापदण्ड अनुसार सामाजिक दुरी कायम नगरेको आरोप लागेपछि पद गुमाउने परेको हो । स्वास्थ्यमन्त्री...

मुम्बईमा नक्कली खोपको बिगबिगी, सुईमा पानी हालेर घोचियो !

-एजेन्सी भारतको मुम्बईमा नक्कली खोप धमाधम लगाउने काम भइरहेको खुलासा भएको छ । इन्जेक्सनमा पानी राखेर खोप हो भन्दै मानिसहरूलाई ठग्ने धन्धाको अनुसन्धान गर्नका लागि मुम्बई प्रहरीले टोली गठन गरेको छ । महाराष्ट्र सरकारले बम्बे उच्च अदालतलाई बताएअनुसार, शहरमा दुई हजारभन्दा बढी मानिसलाई नक्कली खोप लगाइएको ...

बेलायतमा ४ महिना यताकै उच्च संक्रमण

लन्डन। बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । बेलायतमा पछिल्लो २४ घन्टामा १६ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत फेबु्रअरी ६ पछिकै उच्च हो । फेबु्रअरी ६ मा १८ हजार २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय बेलायतमा ‘डेल्टा भेरिएन्ट’को प्रकोप बढेसँगै संक्रम...

अब अमेरिकाले नेपालललाई पनि भ्याक्सिन सहयोग गर्ने

अमेरिकाले विश्वका विभिन्न देशलाई थप ५५ मिलियन(५ करोड ५० लाख) डोज कोरोना खोप दिन घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ५५ मिलियन डोज खोप नेपालसहित विभिन्न देशलाई उपलब्ध गराउने घोषणा गरेका हुन्। अमेरिकाले ५५ मिलियनको ७५ प्रतिशत अर्थात ४१ मिलियन डोज खोप कोभ्याक्स सुविधामार्फत वितरण गर्ने राष्ट्रपति कार्या...