रातो पासपोर्टका लागि नक्कली बिहे गर्ने नेपाली युवा प्रहरीको फन्दामा , साढे २ लाख डलर जरिवाना र ५ बर्ष जेल हुनसक्ने

- खसोखास ग्रिनकार्डको लागि १३ हजार डलरमा नक्कली विहे गरेको अभियोगमा अमेरिकामा फन्दामा परेका नेपाली इलोभ श्रेष्ठले आफूले गरेको अपराध अदालतसमक्ष स्वीकार गरेका छन् । सोमबार अमेरिकी अदालतमा बयान दिदै २९ बर्षका श्रेष्ठले ग्रिनकार्डको लोभमा एक महिलालाई मोटो रकम तिरेको स्वीकार गरेका हुन् । क्यालिफोर्निया निवासी इलोभ...

नेपाली चेली निकिताले जितिन् ‘मिस टिन भारत’को उपाधि

काठमाडौं । अमन गान्धि फिल्म प्रोडक्सनद्वारा भारतको नयाँ दिल्लीमा आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस टिन भारत २०१९’ को उपाधि नेपाली चेली निकिता थापा मगरले चुमेकी छन् । भारतको विभिन्न प्रान्तबाट अनलाईन अडिसनबाट प्रतियोगी छनौट गरी दिल्लीको करोलबाघ मेट्रो भ्यू होटलमा कार्यक्रमको आयोजना गरिएको थियो । निकिताले ...

यूरोपको सर्वाधिक अग्लो हिमाल एलब्रुसमा नेपाली चेली माया शेर्पाद्वारा सफल आरोहण

काठमाण्डौ। हिमाल आरोही माया शेर्पाले यूरोपको सर्वाधिक अग्लो हिमाल एलब्रुसको सफल आरोहण गर्नुभएकाे छ । आठ हजार मिटर माथिका अग्ला हिमाल आरोहण गर्ने प्रथम नेपाली महिला आरोही माया शेर्पाले शनिबार एलब्रुस हिमालको सफल आरोहण गर्नुभएकाे हाे । रसियाको पश्चिमी ककेसस पर्वत श्रृंखलामा रहेको ५ हजार ६ सय ४२ मिटर अग्लो ...

अधुरो युरोप सपना : लिविया हुदै युरोप छिर्ने सपना साचेका सन्तोस लिबियामै अस्ताए !

- नवीनराज कुइँकेल बेसीसहर। लिवियामा विद्रोही समूह द लिबियन नेशनल आर्मी (एलएनए)ले त्रिपोली नजिकैको ताजोउरा शरणार्थी तथा आप्रवासी हिरासत केन्द्रमा बुधबार हवाइ आक्रमण गर्दा ४४ जना मारिए भने १४३ जना घाइते भए । बुधबार दिउँसो लिवियामा बमवर्षा भएको समाचार सुने पनि लमजुङको बेसीसहर नगरपालिका–११ चितीका सोमप्रस...

प्रा.डा. सुवेदीलाई अक्सफोर्डको महाविद्यावारिधी

- विनेपाली लन्डन । विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा.डा. सूर्यप्रसाद सुवेदी (क्यूसी, ओबिइ) लाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधी प्रदान गर्ने निर्णय गरेको छ । प्रा. सुवेदीले आफ्ना अन्तर्राष्ट्रिय स्तरका प्रकाशित कृतिबाट आफ्नो विधामा उत्कृष्ट योगदान गरे वापत उक्त उपाधि दिइएको हो । ...

नेपाली चेली कञ्चन अमात्य बनिन् ‘प्रिन्सेस डायना अवार्ड’ पाउने पहिलो नेपाली

काठमाडौं : नेपाली चेली कञ्चन अमात्यले 'प्रिन्सेस डायना अवार्ड' पाएकी छन्। अमेरिकमा रहेर राष्ट्रसंघमार्फत् महिलाको आर्थिक सशक्तिकरणको अभियानमा रहेकी अमात्य उक्त अवार्ड पाउने पहिलो नेपाली हुन्। १९९७ मा प्रिन्सेस डायनाको कार दुर्घटनाबाट फ्रान्समा निधनपछि नै बेलायती राजपरिवारले मानवीयता र सामाजिक क्षेत्रमा काम...

एनआरएनए युगान्डाको अधिवेशन सम्पन्न , अध्यक्षमा बिनोद थापा निर्वाचित

गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युगान्डाको अधिवेशन सम्पन्न भएको छ । २०१७-१९ कार्यकालमा अध्यक्ष राजमणी भण्डारी र उपाध्यक्ष बिनोद थापा दुवैले २०१९-२१ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएपछि निर्वाचनमा ११ मतले भण्डारीलाई पछि पार्दै थापा बिजयी हुनु भएको छ । पर्बेक्षक जिभनाथ पंगेन...

बार्सिलोनामा सांगीतिक कार्यक्रम हुदै

बार्सिलोना। आगामी जुलाई २२ तारीख स्पेनको बार्सिलोनामा सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा नेपालबाट प्रसिद्द लोक गायक सन्तु थापा आउने भएका छन् । गायक थापा लगायत स्पेनमा रहनु भएका थुप्रै कलाकारहरूको पनि बिशेष प्रस्तुती रहने कार्यक्रम संयोजक सन्त बहादुर क्षेत्रीले बताएका छन् । कलाकार अजय लोप्चनको...

मिस मंगोल पोर्चुगलमा सम्मानित, छात्रावृत्ति अभियानलाई सहयोग

- पेम्बा गेलु शेर्पा , लिस्बोन । मिस मंगोल २०१८ की बिजेता जाङमु ईन शेर्पालाई पोर्चुगलमा एक बिशेष समारोहकाविच सम्मान गरिएको छ। सो कार्यक्रममा मिस मंगोल छात्रावृत्ति अभियानलाई शेर्पा सोसाईटी पोर्तुगलले सहयोग समेत गरेका छन । आईताबार पोर्तुगलको राजधानी लिस्बोनमा सोसाईटीले एक च्यारिटी डिनर कार्यक्रमको आयोजना गर्दै स...

पोर्चुगलका नेपालीद्वारा कैलालीका हावाहुरी पीडितलाई सहयोग

धनगढी । पोर्चुगलमा रहेका नेपालीहरुले कैलाली र कञ्चनपुरका हावाहुरी पीडितको सहयोगका लागि रकम संकलन गरी पठाएका छन्। सुदूर पश्चिम समाज पोर्चुगलले नेपालीहरुबाट संकलित ११३० युरो (एक लाख ४० हजार चार सय २९ रुपैया) हावाहुरीबाट विस्थापितहरुको घर पुनर्निर्माण गरिरहेको रोटरी क्लव अफ धनगढीलाई पठाएको छ । अवसर, अध्ययन र ...