लन्डन । तमुधि यूकेले आउंदो साता २९ अगष्ट आइतबार गर्न लागेको नेपाली मेलाको तयारी धमाधम भइरहेको छ । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यस पटक १२ औं संस्करण हो, जसमा लन्डनस्थित नेपाली दूतावासको सहकार्य छ । बेलायतकै सबैभन्दा वृहत फुटबल प्रतियोगिता ‘गोर्खा कप’ सकिएको महिनादिन भित्र केम्पटन पार्क रेस कोर...





