गण्डकीमा मन्त्रिपरिषद्‍ गठन : दीपक मनाङेबाहेक चार मन्त्रीले लिए शपथ

पोखरा : गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद गठन गरेका छन्। मुख्यमन्त्री गुरुङले बुधबार पाँच मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् गठन गरेका हुन्। गुरुङले पहिलाकै मन्त्रीलाई जिम्मेवारी सुम्पिएका छन्। किरण गुरुङ, रामशरण बस्नेत, नरदेवी पुन, विकास लम्साल र राजीव गुरुङ (दीपक मनाङे) मन्त्री नियुक्त ...

नवलपरासीमा बस दुर्घटनामा ४ जनाको मृत्युु ।

रबिन्द्र यादव, नवलपरासी । पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने नवलपरासी जिल्लाको बर्दघाट दाउन्ने सडकखण्डको सिस्नेखोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको छ । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको छ । ज्यान गुमाउने मध्य...

राष्ट्रिय सभाको उपनिर्वाचनमा ‘बादल’लाई भोट हाल्न राप्रपाको ह्वीप

काठमाडौँ । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्देशन दिएको छ । भोलि (जेठ ६ गते) हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रहेका गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले मत दिन ह्वीप जारी गरेको ...

लमजुङमा भूकम्प

लमजुङ । लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ५.८ रिक्टर स्केलको भएको केन्द्रका भूकम्पविद् डा लोकविजय अधिकारीले जानकारी दिनुभयो । भूकम्पले ...

नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर युवकको मृत्यु

बुटवल । सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते नवलपरासी पश्चिमका २३ वर्षका युवक अविनाश राजभरको मृत्यु भएको छ । स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बुटवल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाले जानकारी दिए । शहीद स्मृति अस्पताल चौपातामा उपचार हुन नसक...

बारामा घाँटी रेटेर दुई बालकको हत्या

वीरगञ्ज । बाराको कलैयामा दुईजना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव मंगलबार बिहान भेटिएको बारा प्रहरीले जनाएको छ । दुवैजना सहोदर दाजुभाइ हुन् । कलैया उपमहानगरपालिका-७ रंगपुर स्थित मदरसा सल्फिया कन्जुल उलुममा उनीहरुको शव भेटिएको जिल्ला प्रहरी...

बीएण्डसीलाई सम्बन्धन नदिन डा.केसीको माग

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले काठमाडौं विश्वविद्यालयले झापाको बिएण्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन नदिन माग गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै डा.केसीले विश्वविद्यालयका पदाधिकारीहरूले फर्जी कागज बनाएर आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गइ निर्णय गरेको भन्‍दै उ...

विराट अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण

विराटनगरको विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि अज्ञात समूहले कुटपिट गरेको छ । आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति आक्रमण भएको हो । सडक दुर्घटनामा घाइते भएका दुई जनाको उपचार गरिरहेका बे...

नेपालमा कोरोना :थप २१४ जनाको मृत्यु, ९,२४७ संक्रमित थपिए

काठमाडौं / कोरोना भाइरस संक्रमणका कारण थप २१४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुन बढेको हो । पछिल्लो २४ घण्ठामा २१ हजार ६५३ पीसीआर प...

नेपालमा कोरोना :चितवनमा कोरोनाबाट थप ११ जनाको मृत्यु

३ जेठ, चितवन । जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । चितवन मेडिकल कलेज...