काठमाडौं । बाढिपहिरो तथा डुवानपछि राहात, उद्धार र पुर्नस्थापनामा भएका प्रयासबारे सरकारले व्यवस्थापिका संसद बैठकलाई जानकारी गराएको छ । गृहमन्त्री जनार्दन शर्माले विषेश समय लिएर सरकारले गरेका कामकारवाहीबारे सदनलाई जानकारी गराएका हुन् । गृहमन्त्रीका अनुसार अहिलेसम्म १ सय १५ जनाको ज्यान गएको पुष्टि भएको छ भने बाढी प...





