काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान अध्यक्ष भवन भट्टले संघको नवौं महाधिवेशनमा नेतृत्वको लागि आफूले अहिलेपनि सर्वसम्मतीको प्रयास गरिरहेको बताएका छन् । संघको महाधिवेशनको उद्धघाट्नको अघिल्लो साँझ प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्...





