लिस्बन । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद माल्टाका निर्वाचित कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्यहरु गैरकानुनी तवरले श्रमिक ओसारपसारमा संलग्न रहेको तथ्य सार्वजनिक भएको छ । छानवीनमा उनीहरुको संलग्नता पुष्टि भएसँगै उनीहरुले सामुहिक राजीनामा दिइसकेका छन् । यस मामिलामा छानबीन गर्न गठित स...





