एनआरएनएद्वारा सरकारलाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं | गैर आवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । गैर आवासीय नेपाली संघ कोरीया, चीन, हङकङ र मकाउले उपलब्ध गराएका सामाग्री उपाध्यक्ष सोनाम लामाले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन । मन्त्री ढक...

गैरआवासीय नेपाली संघले प्रवासी नेपाली लेखकहरुको ” नियात्रा संग्रह” प्रकाशन गर्ने

काठमाडौँ। गैरआवासिय नेपाली संघको भाषा , साहित्य , सस्कृती र सम्पदा समिति ले प्रवासमा रहेर साहित्यकर्ममा लागि रहेका लेखकहरुका नियात्रा सङ्ग्रह प्रकाशन गर्ने भएको छ । संसारका सबै महादेशमा रहेका नेपाली लेखकहरुका यात्रा अनुभुतीहरु समेटिने उक्त सङ्ग्रहमा नेपाली लेखकहरुले बिश्वका कुनाकाप्चाको भुगोल , सस्कृती , सम्प...

एनआरएनएले गैरआवासीय नेपाली लेखकहरुको अभिलेख तयार गर्ने

नेदरल्यान्ड । प्रवासमा नेपाली भाषा साहित्यको लागि कार्यरत गैरआवासिय नेपाली लेखकहरुको अभिलेख तयार गर्ने निर्णय एनआरएनएनको भाषा , साहित्य , सस्कृती र सम्पदा समितिले गरेको छ । सो का लागि समितिका सहअध्यक्ष हरि पौडेल ( नेदरल्यान्ड ) को संयोजकत्वमा एक समिती गठन गरि कार्य प्रारम्भ गरेको छ । ...

एनआरएनए भाषा साहित्य संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिको पहिलो बैठक सम्पन्न

एनआरएनए भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिको पहिलो अनलाइन बैठक सम्पन्न भएको छ । समितिका अध्यक्ष हिक्मत थापाको अध्यक्षतामा सम्पन्न उक्त बैठकको प्रारम्भमा अहिले महामारिका रुपमा फैलिरहेको कोरोना भाईरस कोभोड १९ को चपेटामा परेर ज्यान गुमाउनु भएका गैरआवासिय नेपालीहरुप्रति श्रद्धान्जली ब्यक्त गर्...

संघमा राजनीति भएको भन्दै एनआरएनए अल्गार्भका महासचिवले दिए राजीनामा

लिस्बन। गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भका महासचिव केशवप्रसाद न्यौपानेले राजीनामा दिएका छन् । संस्थामा राजनीति भएको उल्लेख गर्दै उनले एनआरएनएमा राजीनामा दिएको उल्लेख गरेका छन् । उनले आफ्नो राजिनामा पत्रमा लेखेका छन् , " नि-वर्तमान सदस्य कृष्ण प्रसाद अधिकारीले दिएको राजिनामा माथि सामाजिक स...

विपदमा सहयोग गर्नुभन्दा पनि संघले प्रचारात्मक शैली अपनाएको भन्दै एनआरएनए’को कार्यसमितिबाट अधिकारीले दिए फेसबुकबाटै राजिनामा

लिस्बन। गैह्र आवासिय नेपाली संघ पोर्चुगलले कोरोना महामारीको समयमा पनि सहयोग भन्दा बढी प्रचारात्मक शैली अपनाएको आरोप लगाउदै संघको कार्यसमितिबाट एक सदस्यले राजिनामा दिएका छन्। " कोरोना महामारीको विषम परिस्थितिमा सहयोग र राहत लिने र दिने काम मनदेखि नै हुनुपर्छ, तर सामाजिक संजाल वा कुनै समाचार संस्थामा प्रचारात्मक ...

एनआरएनएको २४ घण्टे हेल्पलाइन सञ्चालनमा

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ ।गैरआवासीय नेपालीले सामना गर्नु परेको समस्यालाई सुनुवाइ गर्ने उद्देश्यले एनआरएनएले आइतबारदेखि टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको हो । सङ्घको काठमाडौँस्थित सचिवालयबाट २४ सै घण्टा सञ्चालन हुने उक्त हेल्पलाइनमा कोरोना महामारीका ...

एनआरएनए पोर्चुगल : आर्थिक खातापाता सबै हरायो, हिसाबकिताब गोलमाल

लिस्बन। गैह्र आवसिय नेपाली संघ पोर्चुगलको आर्थिक हिसाबको सबै खातापाता हराएका छन्। संघको नयाँ कार्यसमितिले कार्यभार सम्हालेको ७-७ महिना बितिसक्दा पनि पछिल्लो कार्यसमितिबाट प्राप्त रकम दाखिला हुन सकेको छैन, संघको आर्थिक हिसाबकिताब सबै गोलमाल छन्। संघको महाधिबेशन पश्चात् २०१७-१९ को कार्यसमितिले आफ्नो सम्पू...

कोरोना रोकथामका लागि नेपाल सरकारलाई गैरआवासीय नेपाली संघको एक करोड सहयोग

काठमाडौँ। गैरआवासीय नेपाली संघले कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । संघका प्रवक्ता डीबी क्षेत्रीका अनुसार संघले सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्र...

कोरोनाको कहरः एनआरएनए बेल्जियमले नेपाली समुदायमा मास्क वितरणदेखि समस्यामा परेकाहरुको सम्पिङ् समेत गरिदिने !

बेल्जियम । गैरआवासीय नेपाली संघ बेल्जियमले आकस्मिक सहयोगका लागि एनआरएनए बेल्जियमलाई सम्पर्क गर्न अनुरोध गरेको छ । संघले बेल्जियममा रहेका सम्पूर्ण नेपाली समुदायलाई मास्क वितरण गर्ने भएको छ। कोरोना संक्रमण भई क्वारेन्टाइनमा बस्नुपर्ने नेपालीहरु वा बिबिध कारणले घरमै बस्नुपर्ने स्थिति (होम क्वारेन्टाइन) मा भएक...