लिस्बन। पोर्चुगलमा साइकल चलाउनेहरुले प्रतिमहिना थप २८ युरो कमाउन सक्नेछन्। पोर्तुगाली सरकारले वातावरण मैत्री यातायातको माध्यमलाई बढावा दिन उक्त योजना ल्याएको हो। यो योजना हाललाई ब्रागामा मात्रै लागु हुनेछ। युरोपेली परियोजना "बिसिफिकेशन - द फ्युचर अन टु ह्वील" अन्तरगत ब्रागा सहरमा कभर गरिएको दूरीको लाग...





