रासस नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय हुनुभएको छ । शनिबार सम्पन्न भएको निर्वाचनमा उहाँले २१८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गर्नुभएको थियो । यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवम...





