प्रेम शरीर सँग होइन मनसँग गरिन्छ। यो भनाई चरितार्थ गरेर देखाएका छन्, भारतका सरोज साहू र प्रमोदिनी राउलले।भनिन्छ,जसको माया साँचो छ उसलाई कसैको रुप र धनको महत्व हुँदैन,तर अहिलेको जस्तो स्वार्थी समाजमा यस्ता मानिसहरु भेटिन गार्हो छ। स्वार्थी समाजमा सरोज कुमार साहू अपवाद नै हुन् भन्दा हुन्छ। प्रमोदिनी महज १५ बर्षकी थिइन...





