चितवन : आधुनिकताको नाममा च्यातिएका र क्षतविक्षत कपडा लगाउनु अशुभ मानिने धार्मिक विद्वानले बताएका छन्। हिन्दू धार्मिक परम्पराअनुसार यस्ता पहिरन लगाउनेलाई विभिन्न बाधा व्यवधान आउने र प्रगतिसमेत नहुने उनीहरूको भनाइ छ। पाश्चात्य संस्कृतिको सिको गर्दै अहिले नेपालमा च्यातिएका, कोतरिएका, टालेका कपडा लगाउने चलन बढेर गएको छ। यस...





