बार्सिलोना । यस वर्षको स्पेनिस ‘कोपा डेल रे’ फुटबल प्रतियोगिताको उपाधि रियाल सोसिडाडले जितेको छ । गएराति भएको फाईनल खेलमा एथ्लेटिक बिल्बाओलाई १–० ले हराउँदै सोसिडाडले ३४ वर्षपछि कोपा डेल रे को उपाधि जितेको हो । खेलमा सोसिडाडलाई विजयी गराउन मिकेल ओयरजबालले ६३ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे । ...





