टी–२० सिरिज भोलिबाट, नेपाल बलियो कि यूएई ?

काठमाडौं । यूएईविरुद्ध एकदिवसीय सिरिज २–१ ले जितेसँगै नेपालको ध्यान अब टी–२० सिरिजमा छ । यो सिरिज नेपालका लागि सहज छैन । किनकी यूएईका ब्याट्सम्यानहरु ठूलो सर्ट खेल्न माहिर छन् । उनीहरुको विष्फोटक ब्याटिङ क्षमताको एक झलक तेस्रो एकदिवसीयमा देखिएको थियो । ४७ रन जोड्दा ४ विकेट गुमाएको टिमलाई २५४ रनसम्म पुर्‍याउने...

पिडा लुकाएर पेशा : खेलमैदानमा आफ्नै देशले हारेकाे फाेटाे रुँदै खिचिरहने यी भावुक फोटोग्राफर..(फाेटाे फिचर)

काठमाडौं : आफ्नो देशको टिमले अन्य देशसँग खेलिरहँदा महसुस हुन्छ मान्छेको राष्ट्रिय भावना । यूएईमा नेपाली क्रिकेट टिमले शानदार तरिकाले जितेसँगै यसको अनुभव धेरै नेपालीलाई भयो । यही परिस्थितिलाई अर्को पाटोबाट हेरौँ न, जस्तो कि, हार्ने देशका नागरिक र खेलप्रेमीलाई कस्तो भयो होला ? त्यस्तै पराजयको प्रतिबिम्व एकजना ...

कप्तान पारसलाई ” प्लेयर अफ द सिरिज” को उपाधि

काठमाडौं । कप्तान पारस खड्का युएई विरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको प्लेयर अफ द सिरिज घोषित भएका छन् । युएई विरुद्धको अन्तिम तथा तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्दै नेपाललाई जित दिलाएका कप्तान प्लेयर अफ द म्याचसँगै प्लेयर अफ द सिरिज घोषित भएका हुन् । कप्ता...

एक दिवसीय श्रृंखलामा नेपालको शानदार जित

काठमाडौं : नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तीन एक दिवसीय श्रृंखलामा कब्जा जमाएको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले पहिलो श्रृंखला आफ्नो पक्षमा पारेको हो । तेस्रो तथा अन्तिम एक दिवसीयमा पहिले ब्याटिङ गर्दै युएईले दिएको २...

पारस खड्काले बनाए एक दिवसीयमा पहिलो सतक

युएईमा जारी घरेलु टोलीबिरूद्धको तेस्रो तथा निर्णायक एक दिवसीय खेलमा नेपाली कप्तान पारस खड्काले कीर्तिमानी सतक प्रहार गरेका छन्। युएईले दिएको २५५ रनको लक्ष्य पछ्याउँदै मैदानमा पहिलो विकेटको पतनभएपछि आएका खड्काले ९६ बलमा सतक प्रहार गरेका हुन्। उनले १३ चौका र १ छक्का हिर्काएका छन्। एकदिवसीयमा सतक प्रहार गर्ने ...

युएईविरुद्ध कप्तान पारस खड्काको अर्धसतक

काठमाडौं : युएईविरुद्धको तीन एकदिवसीय क्रिकेट श्रृंखला अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपाल अहिले जबाफी ब्याटिङ गरिरहेको छ । पहिले ब्याटिङमा गएर संयुक्त अरब इमिरेट्स (यूएई) ले दिएको २२५ रनको चुनौती पछ्याउने क्रममा नेपालका लागि कप्तान पारस खड्काले अर्धसतक बनाएका छन् । तेस्रो क्रममा आएका कप्तान पारस ताजा ...

युएईले नेपाललाई दियो २५५ रनको चुनौती

काठमाडौं । तीन एकदिवसीय सिरिज जित्न यूएईले नेपाललाई युएईले २५५ रनको चुनौती पेश गरेको छ । नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ । आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनायो । यूएईको सुरुवात खराब थियो । ४७ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो तर, ...

नेपाल र युएईबीचको अन्तिम खेल आज, सिरिज कसले जित्ला ?

काठमाडौं । तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा आज नेपाल र युएईले प्रतिस्पर्धा गर्दैछन् । आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा दुवै टिम जितको खोजिमा हुनेछन् । खेल विहान ११ बजेर १५ मिनेटमा सुरु हुने छ । पहिलो खेलमा युएईसँग नेपाल तीन विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा ...

नेपालको शानदार जित, सीरिज जित्ने सुवर्ण अवसर

काठमाडौं । यूईएविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले विशाल जित हात पारेको छ । नेपालले यूएईलाई १४५ रनको विशाल अन्तरले पराजित गरेको छ । नेपालको ओडिआई इतिहासमा यो सबैभन्दा ठूलो जित हो । २४३ रनको लक्ष्य पाएको यूएईलाई नेपालले १९ ओभर ३ बलमा ९७ रनमा अलआउट गर्दै ऐतिहासिक जित हात पारेको हो । नेपालको जितमा रोहि...

थ्री स्टारलाई सिमरा गोल्ड कपको उपाधि

बारा । दशौँ संस्करणको रुस्लान सिमरा गोल्डकप फुटबलको उपाधि थ्री स्टार क्लबले जितेको छ । उपाधि भिडन्तमा आर्मी क्लवलाई पराजित गर्दै थ्री स्टारले उपाधि उचालेको हो । सिमरा रंगशालामा शनिबार भएको खेलमा आर्मीलाई सडनडेथमा पराजित गर्दै थ्री स्टारले पहिलो पटक उपाधि उचालेको हो । उपाधिसंगै थ्री स्टारले ६ लाख प्राप्त ग...