यूएई । ओमानमा दुई नेपाली महिलाको हत्या भएको छ । बैदेशिक रोजगारीको शिलसिलामा ओमान पुगेकी मोरङ र बर्दिया घर भएकी दुई नेपाली महिलाको हत्या भएको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । वैदेशिक रोजगारीका लागि २२ महिनाअघि ओमान पुगेकी मोरङको लेटाङकी अप्सरा दाहालको गएको जेठ ३ गते हत्या भएको हो । ओमानको सलाहमा बस्...





